d

बिकास निर्माणका प्रक्रियागत प्रस्ताव ल्याउन सांसद विष्टको आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश नम्बर १ का सदस्य अम्बर बहादुर बिष्टले बिकास निर्माण संग सम्बन्धित बिषयहरुलाई योजना छनौट गरि प्रस्तावको रूपमा ल्याउन आग्रह गर्नुभएको छ । राप्रपा गौरादह नगरसमिति द्वारा आयोजित नियमित बैठकमा सम्बोधन गर्दै सांसद बिष्टले बिकास निर्माणका आवस्यकताहरुलाई प्रक्रियागत तवरले फागुन भन्दा अगाडिनै ल्याउन आग्रह गर्नुभएको हो ।

 

राप्रपा सरकारमा रहेको बेला आफुहरुले बिकास निर्माणमा प्राथमिकता साथ उठाउने भन्दै वहाँले समृद्धिको यात्रामा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउँनु भयो । 'कहाँ के कुराको आवस्यकता छ, आ-आफ्ना क्षेत्रमा रहेका बिकास निर्माण सम्बन्धि कुराहरूलाई प्रक्रियागत ढंगले लिएर आउनुहोस् । प्रदेश र संघमा पुर्याउन सकिने योजनाहरुलाई सम्भाव्यता अध्ययन गरेर अगाडी बढाउने छौँ ।', वहाँले बताउनुभयो ।

 

वहाँले भन्नुभयो, 'फागुन सम्म आएका योजनाहरुलाई सम्बोधन गर्न सके यसै आर्थिक वर्ष भित्रै पनि केही कामहरु गर्न सकिन्छ।' राप्रपा भित्र गुट अन्त्य भएको भन्दै वहाँले राप्रपा एकढिक्का भएर अगाडी बढिसकेको बताउनु भयो ।

 

राप्रपा गौरादह नगरसमितिको समितिको नगर कार्यालयमा सांसद बिष्ट लाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जिल्ला, क्षेत्र, प्रदेश, नगर तथा बडाका अगुवा कार्यकर्ता सहित विभिन्न भात्री संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नगर अध्यक्ष शान्तिराम पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सचिव युवराज पौडेल र अध्यक्ष पौडेलले संयुक्तरूपमा गरेका थिए ।

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

Views: