d

सरकारबाट बाहिरिने रास्वपाकाे निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । दुई दिनदेखि पार्टी कार्यालय बसुन्धारामा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेलाई गृहमन्त्री बनाउन अस्वीकार गरेपछि उक्त पार्टी सरकारबाट बाहिरिने भएको हो । सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीबाट बनेका मन्त्रीहरूलाई फिर्ता बाेलाउँदै सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरेकाे पार्टी सभापति रवि लामिछानेले बताए ।

उनले बैठकपछि विशेष पत्रकार सम्मेलन गर्दै उनले यस्ताे बताएका हुन् ।

Views: