d

रविलाई ५ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय पुगे युवराज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँच वर्ष कैद र हदैसम्मको जरिवानासमेत हुनेगरी कारबाही गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ।

मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पुगेर राहदानी ऐन २०२४ को दफा (५) को खण्ड (ख) को व्यवस्था अनुसार लामिछानेलाई पाँच वर्ष कैद र जरिवानासहित मुद्दा चलाइ कारबाही गरिपाउँ भन्दै निवेदन दिएका हुन् ।

पूर्व–उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेविरूद्ध राहदानीसम्बन्धीको कसुरमा जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले जाहेरी दर्ता नगरेको भन्दै पौडेल सरकारी वकिल कार्यालय पुगेका हुन्।

पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयमा निवेदन दिएका छन्।

लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानीजानी झूटो विवरण दिएर राहदानी लिने कसूर गरेको निवेदनमा उल्लेख छ । सोही कसुरमा पौडेलले पाँच वर्षको कैद सजाय र हदैसम्मको कारबाहीको माग गरेका छन् ।

गत माघ १७ गते राहदानी कसुरसम्बन्धमा अनुसन्धान र कारबाही गरी पाऊँ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुमा जाहेरी दर्ता गर्न पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता मानेको थिएन ।

 

 

Views: