d

राप्रपा केन्द्रीय निर्देशन समिति अध्यक्षमा डा. लोहनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ।

पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टीका पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा बुधबार केन्द्रीय निर्देशन समिति गठन गरिएको बताइएको छ।  

यस्तो हुनेछ समिति :

१. विधान बमोजिमका सबै पदेन सदस्य।
२. पार्टीका सबै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरु।
३. पार्टीका वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा।
४. अन्य सदस्यमा केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धब पौडेल।
५. आमन्त्रित सदस्यहरु : कोषाध्यक्ष नीलकण्ठ काफ्ले र ऋषिबाबु परियार।

No description available.

Views: