d

माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।

१२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका हुन् । 
प्रचण्डको प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन समेत गरेको छ । 
प्रचण्डले प्रस्तावमा आफ्नो प्रस्तावमा ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’, उल्लेख गरेका छन्।  


 

Views: