d

अर्थतन्त्र जटिल मोडमा पुगेको छ, सुधार्न गम्भीर हुनु जरुरी - राष्ट्रपति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्र जटिल मोडमा पुगेको भन्दै सुधार्न आवश्यक पाइला चाल्न आवश्यक रहेको बताउनु भएको छ।   संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै भण्डारीले यसो भन्नु भएको हो । 

पछिल्लो समय अर्थतन्त्रका सूचकहरुमा केही सुधारको संकेत भएको भए पनि यसको दिगोपना आवश्यक रहेको बताइन् ।

उनले नेपालको अर्थतन्त्रमा समस्या देखिनुमा नेपालको आन्तरिकका साथै बाह्य कारणहरुसमेत जिम्मेवार रहेको बताइन् ।

विश्व अर्थतन्त्रमा आएको उतारचढाव, कोभिड महामारीजस्ता समस्याले पनि अर्थतन्त्रलाई जटिल मोडमा पुर्याएको उनले बताइन् । यस्ता विषयलाई कारण देखाएर पन्छिन सुविधा हामीलाई नभएकोले सुधारको उपाय अवलम्बन गर्नुपर्ने उनले बताइन् ।

Views: