d

राप्रपाको विद्यार्थी संगठन देशभक्त विद्यार्थी उत्पादन गर्ने ठाउँ बनोस् : राजेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विद्यार्थी संगठन देशभक्त विद्यार्थी उत्पादन गर्ने ठाउँ बन्न सक्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिले देशको राष्ट्रियतामाथि चौतर्फी प्रहार भइरहेको छ। यसको रक्षाका लागि विद्यार्थीहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ। हाम्रो पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन गर्ने कारखाना नभई देशभक्त उत्पादन गर्ने संगठन बन्नुपर्छ,’ उपप्रधान एवम् ऊर्जामन्त्रीसमेत रहेका उनले भने, ‘पार्टीलाई बलियो बनाउन विद्यार्थीहरूले जिल्ला-जिल्लामा गएर काम गर्नुपर्छ।’

विद्यार्थीहरूले पढेर शैक्षिक प्रमाण पत्र प्राप्त गर्नुमात्र ठूलो कुरा नभएको बताउँदै शिक्षालाई समयसापेक्ष सुधार गर्न विद्यार्थीहरूले नै पहल गर्नेुपर्ने उनले उल्लेख गरे।

Views: