d

गौरादह खानेपानीको निर्वाचन, संसदीय निर्वाचनकै झझल्को 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा 
पर्दाफास/ फागुन २  मंगलबार -
 
गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी फागुन ९ गते निर्वाचन मार्फत पदाधिकारी तथा सदस्यहरु छनौट हुँदैछ। नेकपा एमाले र नेपाली कांग्रेस पक्षधरले  निर्वाचन नगरी सर्वसम्मत रुपमा समिति चयन गर्ने भनेता पनि एकीकृत माओबादी, राप्रपा र रास्वपाले दुइ ठुला दलको एकाधिकार भएको आरोप लगाउदै प्यानलै बनाएर उम्मेदवार घोषणा गरेपछि निर्वाचनको विकल्प नदेखिएको हो। ठुला दल एमाले र कांग्रेसलाई ट्याकल दिन  माओबादी सहितका ३ दलले आफ्ना उम्मेदवार घोषणा गरेर चुनाव प्रचार प्रसारमै होमिएका छन्। परिवर्तनका लागि स्वतन्त्र युवा अभियान नाम दिएर निर्वाचन अभियान शुरु गरेको बताइएको छ।  

 एमाले र कांग्रेसले संयुक्त उम्मेदवार नगेन्द्र कार्की नरेशलाई अध्यक्ष पदको प्रत्यासीको रुपमा अगाडी सारेको छ भने परिवर्तनका लागि स्वतन्त्र युवा अभियानको तर्फबाट अध्यक्ष पदमा कृष्ण बाँस्कोटा रहेका छन्।  

नगेन्द्र कार्की नरेश  निवर्तमान उपाध्यक्ष हुन् भने कृष्ण बाँस्कोटाले एक कार्यकाल लेखा समिति सदस्यको रुपमा काम गरिसकेका छन्।  
अघिल्लो पटक प्रगतिशील प्यानलबाट सदस्य पदमा  उम्मेद्वारी दिएका बाँस्कोटा झिनो मतान्तरले पराजित भएका थिए।  


प्यानलै विजयी हुँदा आफुले पराजित हुनुपरेकोमा रुष्ट रहेका बाँस्कोटाले एमालेनै परित्याग गरि राष्ट्रिय स्वतन्त पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै परिवर्तनका लागि स्वतन्त्र युवा अभियान पक्षबाट उम्मेद्वारी दिएका हुन्।  

दुवै पक्षधरले आ-आफ्ना अपिलहरु प्रकाशन गरेर निर्वाचनलाई परिणाममुखी बनाउने बताउदै आएका छन्।  

यस्तो छ उम्मेदवारहरुको नामावली 

No description available.एमाले र कांग्रेसका संयुक्त उमेम्द्वारहरु

 

No description available.परिवर्तनका लागि स्वतन्त्र युवा अभियानका उम्मेदवारहरु 

 

 

Views: