d

दाहालको स्टाटसले हल्लायो गौरादह खानेपानीको निर्वाचन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आफ्नै पार्टीका उम्मेद्वार विरुद्ध खरो उत्रिए दाहाल 

झापा: गौरादह खानेपानीको निर्वाचन भोलि फागुन ९ गते हुँदैछ । दुबै पक्षको प्रचार तिब्र भइरहेको बेला एमालेकै कुशल कार्यकर्ताको रूपमा परिचित युवा व्यवसायी राजकुमार दाहाल आफ्नै पार्टीले छनौट गरेर निर्वाचनमा उठाएका उम्मेद्वार विरुद्ध खरो रूपमा प्रस्तुत भएका छन् । सामाजिक संजालमा धारावाहिक रूपमा स्टाटस लेख्दै उनले गौरादह खानेपानीको कोषमा रहेको २/४ करोड रुपैयाँमा आँखा लगाएर कांग्रेस र एमालेको संयुक्त गठबन्धनका नाममा गुटबन्दी गरि उम्मेद्वारी दिएको खुल्ला आरोप लगाएका छन् । सामाजिक संजालमा दाहाल लेख्छन्, 'आसन्न गौरादह खानेपानीको निर्वाचनमा जे देखियो त्यो देख्नेलाई नै लाजलाग्ने गरि देखियो , गौरादहको इतिहासमा २/४ करोड कोषको पैसालाई आफ्नो नियन्त्रणमा लिन दुई प्रतिस्पर्धी पार्टी मिल्नु भनेको कुकुर र ब्वासो मिलेर छेपारोको शिकार गर्न खोज्नु सरह हो भन्ने मेरो ठम्याइ छ तसर्थ सचेत भएर मतदान मार्फत कुकुर र ब्वासाको बहिस्कार गरौँ ।'

खरो शब्दमा उत्रिएका उनले एमाले-कांग्रेसको सिन्डिकेट तोड्नै पर्ने जिकिर गर्दै स्वतन्त्र समुहलाई विजयी गराउन आम उपभोक्तालाई अपिल समेत गरेका छन् । 

उनी लेख्छन्, 'गौरादहको राजनैतिक इतिहासमा आजसम्म एमालेको विकल्पको रुपमा नेपाली कांग्रेस र नेपाली कांग्रेसको विकल्पको रुपमा एमाले थियो तर आज खानेपानीमा २/४ करोड रुपैयाँ छ भन्दैमा यी दुई पार्टी मिलेर खानेपानीको कोष नियन्त्रण गर्न खोजेको हैन भन्ने आधार तिमीहरु तालुकवालासंग छ ?'


"नौटङ्गी भन्ने कि नाटक नै हो भन्ने " 
यो गौरादहमा रहेका सामाजिक संघ संस्थाको नेतृत्व चयनको प्रक्रिया व तरिकालाई मान्नै पर्ने हुन्छ जसमा पार्टीका निर्णय गर्नुपर्ने तहका नेताहरुको फेसबुके प्रचारप्रसार पार्टीको व्हिप लाजको पसारो।  यो पार्टी ,त्यो पार्टी , यो तालमेल त्यो तालमेल, यो गठबन्धन त्यो गठबन्धनमा नलागी सचेत रहौ बिबेकसिल भई आफ्नो अधिकारको प्रयोग गरौ।
 गौरादहबासी खानेपानीका उपभोक्ताहरुलाई बिनम्र अनुरोध गर्दछौ गौरादहका सचेत युबाहरु। जयगौरादह  .....

स्वतन्त्र उम्मेद्वारको पक्षमा खुलेर लागेका दाहालको कदमले खानेपानीको निर्वाचनलाई निकै रोमान्चक बनाएको छ ।

उनले नागरिकको दैनिक जनजीवनको सवाल संग जोडिएको खानेपानी जस्तो पवित्र संस्थालाई केहि व्यक्तिले आफ्नो पोल्टामा राख्न खोजेको र यस्तो अपवित्र गठबन्धन प्रति आफू पुर्ण रूपमा अलग रहेको समेत आसय व्यक्त गरेका छन् । 

युवा व्यवसायी दाहाल उनै व्यक्ति हुन् जसले बिगतका दिनमा गौरादह नगरपालिका भित्र चरम व्यथिती र अनियमितता रहेको भन्दै संघर्ष समिति नै गठन गरेर बिरोध गरेका थिए । 

उनको नेतृत्वमा भएका संघर्षका चरणहरुले तत्कालीन नगर कार्यपालिकाका साना ठुला गरेर दर्जनौ अनियमिता बाहिर ल्याएको थियो। 

आसन्न खानेपानी निर्वाचनमा समेत उनको बिरोधको स्वरले निकै ठूलो उतारचढाव ल्याउने चर्चा चुलिएको छ ।

 

No description available.

 

No description available.

 

No description available.

 

 

Views: