d

घिमिरेको कदमले एमाले तरंगित, रास्वपा उत्साहित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: माउन्ट एभरेष्ट मावी गौरादहका संस्थापक प्रधानाध्यापक तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने बित्तिकै प्रदेश सदस्य तथा क्षेत्र नम्बर ५ अन्तर्गतको क्षेत्रीय इन्चार्ज सम्हाल्नुभएको छ ।  एमालेको आवद्धता त्याग गर्दै रास्वपामा प्रवेश गरेका घिमिरेलाई रास्वपाले दुईवटा जिम्मेवारी एकै साथ प्रदान गरेको हो । 

 विद्यार्थी राजनीति देखि नै नेकपा एमालेमा संगठित रहदै आएपनि वहाँलाई विगतमा शिक्षा बिभाग सदस्य र सहकारी बिभाग सदस्य बाहेक अन्य कुनै पदिए हैसियत भने दिइएको पाइदैन । लामो समय देखि शिक्षण पेशामा रहदै आउनु भएका घिमिरे माउन्ट एभरेष्ट माविको स्थापनाकाल देखि नै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ भने संस्थागत बिद्यालयहरुको संगठन प्याब्सनको केन्द्रिय  उपाध्यक्ष हुनुहुन्छ । सामाजिक संघ संस्थाका नेतृत्वमा रहँदा पनि उतिनै सक्रिय वहाँ स्थानीय  रेडक्रसको सचिव ,शुभलक्ष्मी सहकारी अध्यक्षमा समेतमा रहेर जिम्मेवारी सम्हाली सक्नुभएको छ।

शुभलक्ष्मी सहकारीमा अध्यक्ष पद सम्हाल्दै गर्दा घिमिरेले संस्थालाई निकै ठुलो आर्थिक उपलब्धी गराएको सहकारी क्षेत्रका अनुभवीहरु बताउछन् ।  

 प्याब्सनको २ कार्यकाल झापा जिल्ला अध्यक्ष ,१ कार्यकाल  प्रदेश अध्यक्ष  हुँदै हाल प्याब्सन केन्द्रिय उपाध्यक्ष र नमुना कृषि सहकारी गौरादहका अध्यक्ष हुनुहुन्छ।  

शैक्षिक क्षेत्रमा रहेर लामो समय सेवा गर्दै आउनु भएका प्राध्यापक घिमिरेले एमाले परित्याग गरेर नयाँ शक्तिको रूपमा देखा परेको रास्वपामा प्रवेश गर्ने बित्तिकै रास्वपाका नेता कार्यकर्ताहरु उत्साहित देखिएका छन् भने वहाँको यो कदमबाट स्थानीय क्षेत्रमा एमालेलाई दीर्घकालीन असर पुग्ने आकलन गर्न थालिएको छ ।  

लामो समय देखि गौरादहमा एमाले-कांग्रेसको वर्चस्व रहेको बेला रास्वपाको उदयलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ  ।  अवको यात्रा रास्वपाको संगठन निर्माणमा केन्द्रित रहने वहाँ बताउनु हुन्छ । 

आसन्न गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा समेत पार्टीको वर्चस्वको लागि केन्द्रित रहने घिमिरेको भनाइ छ । 

'राजनीतिक हस्तक्षेप हुन नमिल्ने ठाउँमा समेत दलहरु स्वार्थ केन्द्रित राजनीति गर्ने र सिन्डिकेट खडा गरेर कार्यकर्ता भर्ती केन्द्रको रूपमा लिदा कुनै पनि संघ संस्था पनि स्वच्छ छैनन् । संघ संस्थामा राजनीतिक हस्तक्षेप समाप्त पारिनु पर्छ । यद्यपि त्यस्ता ठाउँहरुमा हामीले प्रतिनिधि नपठाएर पनि सम्भव हुदैन । बिग्रेको कुराहरू सुधार्न समय लाग्छ ।', वहाँको भनाई छ । 


'परिवर्तित सन्दर्भमा रास्वपाको उदयले मुलुकभर तरंग ल्याएको छ । हामी संगठन निर्माणमा केन्द्रित हुनेछौ।'

'मुलुकको अवस्था दिनप्रतिदिन सिथिल हुँदै गएको छ । आर्थिक सुचांकहरु नकारात्मक  देखिन थालेको छ । बाह्य हस्तेक्षेपले सिमा नाघेको छ । यस्तो प्रतिकुल समयमा चुप बस्दा देश प्रती न्याय हुदैन भनेर नै हामीले यो कदम चाल्न बाध्य भएका छौँ ।', घिमिरेले भन्नुभयो ।

Views: