d

गौरादहमा मिसन ग्रासरुट अभियान शुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery


गौरादह, २४ फागुन
झापाको गौरादहमा नेकपा एमाले गौरादह नगर कमिटीले मिसन ग्रासरुट अभियान सुरु भएको छ । बुधबार अभिमुखिकरण एबम् प्रशिक्षण कार्यक्रम गरि अभियानको शुरुवात गरेको् हो । 
अभियान अन्तर्गत पार्टीका प्रशिक्षण सँगै संगठन सुदृढिकरण र बिस्तारको काम समेत सँगै हुने छ । आज नेकपा एमालेका स्थायी  कमिटी  सदस्य  तथा झापा जिल्ला  इन्चार्ज  अग्नि  खरेलको  प्रमुख अतिथ्यतामा भएको कार्यक्रमले कार्ययोजना पारित गरेको छ । अभियानलाई वडा र टोला सम्म कार्यकर्तालाई क्रियाशिल गराउने निणर्य गरेको छ । 
पार्टीका तर्फ अभियान्ता तथा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले अभियानलाई जनस्तर सम्म पुर्याउनका लागि जनमुखी कार्यक्रम लिएर अघि बढ्ने बताउनुभयो । उहाँले सबै कमिटी परिचालन गरि अभियानलाई व्यवस्थित बनाउन जोड दिनुभयो । मिसन ग्रासरुट अभियान अन्तर्गत फागुन मसान्त सम्म जनसंगठनको प्रशिक्षण सम्पन्न गरिने छ । यस्तै आजको अभिमुखीकरणले वडा कमिटीको बैठक  फागुन २५ गते देखि ३० गते सम्म, टोल भेला चैत  ७ गते सम्ममा गरिसक्ने निणर्य  गरिएको छ । त्यस्तै पार्टी सदस्यता नविकरण चैत  १५ गते सम्ममा गर्ने,  पुर्व जनप्रतिनिधि र अग्रज पार्टी  कार्यकर्ताको संयुक्त  बैठक  चैत  १७ गते गर्ने, स्थानीय  पालिका संसदीय  दलको बैठक चैत १९ गते गर्ने निणर्य  भएको नगर कमिटी  अध्यक्ष  मित्रदेव काफ्लेले  जानकारी  दिनुभयो । उहाँका अनुसार  बृहत  पार्टी  प्रवेश  कार्यक्रम  चैत  २६ गते गर्ने र वडा प्रतिनिधि  परिषद र पालिका प्रतिनिधि  परिषद  बैठक  चैत  मसान्तसम्ममा  गर्ने निणर्य  गरिएको छ ।  यस्तै अभियान अन्र्तगत एमालेका सबै जनसंगठनलाई परिचालन गर्नका लागि क्षेत्र अनुसारको जिम्मेवारी तोकिएको छ । अभियानमा केन्द्रका प्रमुख अभियान्तासँगै प्रदेश र जिल्लाले खटाएका अभियान्ता समेत सँगै रहने छ ।

Views: