d

नगर प्रहरी कमान्डरमा योन कुमार खड्का

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: गौरादह नगरपालिकाले नगर प्रहरी गठन कार्यलाई अन्तिम रुप दिएको छ । योन कुमार खड्काको कमान्डमा ४ सदस्यीय नगर प्रहरी गठन गर्नका लागि लिखित तथा मौखिक परीक्षाबाट छनोट भएका उम्मेद्वारहरुको नामावली प्रकाशन गरेको हो । 

No description available.

 

नगरपालिका द्वारा प्रकाशित नामावली अनुसार खड्का सहित गौरादह ६ का अर्जुन प्रसाद शर्मा बिरही, गौरादह ४ की सुस्मिता खड्की, र गौरादह ७ का सुमन खड्का रहेका छन् ।

 

No description available. 

नगरपालिकाले २०७९ साउन १३ मा नगर प्रहरीका लागि आवेदन माग गरेकोमा नगर प्रहरी कमान्डरमा ८ जना र नगर प्रहरीका लागि ३२ जनाको आवेदन परेको थियो । 

छनोट भएका उम्मेद्वारहरुलाई ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्न भनिएको छ । तोकिएको समयमा सम्पर्कमा नआउने उम्मेद्वारको स्थानमा कानुन अनुसार बैकल्पिक उम्मेद्वारलाई नियुक्ति गरिने बताइन्छ । 

Views: