d

विप्लव नेतृत्वको नेकपाले भारतीय झण्डा जलाउदै विरोध प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका विभिन्न स्थानमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय झण्डा जलाएको छ।

No description available.

 

पछिल्लो समय भारतले अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु , लुम्बिनी , विराटनगर लगायतका भूभाग समेटेर नक्सा जारी गरेको भन्दै उक्त पार्टीले झापा सहित देशव्यापी रुपमा बिरोध प्रदर्शन गरिरहेको हो ।

No description available.


दमकको गणतन्त्र चोक मा बोल्दै युवा संगठन नेपालका केन्द्रिय सदस्य बाबा "सि" ले नेपाल कसैको गुलाम नभएर सार्वभौमसत्ता सम्पन्न राष्ट्र रहेकाले भारतिय रबैया बिरुद्ध कठोर भएर संघर्ष गर्दै आएको र गरिरहने समेत उनले बताए।

नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिले आज मात्रै झापाका ४ स्थान दमक, झापा, कनकाई र बाह्रदशी गाउँपालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाउँदै नाराबाजी गरेको छ।

Views: