d

कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्न सर्वोच्चको आदेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सर्वोच्च अदालतले कोशी प्रदेशको विषयमा परेको रिट माथि आगामी भाद्र १५ लाई पेशी सारेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १५ भदौमा मुद्दाको पेशी तोक्न आदेश दिदै त्यतिञ्जेलभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । 

सर्वोच्च द्वारा जारी अन्तरिम आदेशमा  सरकारलाई दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न निर्देशन दिएको छ ।

 १३ भदौभित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण झिकाउन समेत आदेश दिएको छ ।

प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।


सभाध्यक्ष मन्सुरीले आफ्नो मतको दुरुपयोग गरेको र त्यसले संवैधानिक मान्यता पाउन नसक्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत पुगेका थिए ।

Views: