d

पाटी पुनर्गठन दिवसमा एकीकृत समाजबादी झापाले गर्यो शुभकामना आदानप्रदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery


दमक, ९ भदौ-नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी झापाको आयोजनामा आज (शनिबार) दोस्रो पार्टी पुनर्गठन दिवस मनाएको छ । दिवसको अवसरमा बिर्तामोडस्थित पाटी कार्यलयमा एक कार्यक्रमबीच शुभकामना आदानप्रदान गरिएको छ ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षता र जेष्ठ कम्युनिष्ट मञ्च तथा किसान महासँघरका वरिष्ठ उपाध्यक्ष देवी वरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला कमिटी सदस्य प्रेम सागर सापकोटा, श्री मिश्र, कमल बुढाथोकी, इन्द्र निरौला, केदार ओडारी, मेहरमान राजबशी, दिपक दुलाल लगायतले आ- आफ्नो धारणा सहित शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
सो कार्यक्रममा जिल्ला कमिटी सदस्य पदम सुब्बाले स्वागत र जिल्ला कमिटी सदस्य बिपि भट्टराईले सन्चालन गर्नुभएको थियोे ।

Views: