d

गिरीबन्धुको जग्गामा कमिसन खाएको भनेर मलाई तर्साउन खोजियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery


दमक /नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगानको जग्गा सट्टटा भर्नाको निर्णय कानुन बनाएर गरेको बताएका छन।

कमिसन खाएर काम गर्नलाई आफू माओवादी नभएको भन्दै ओलीले अन्य दलले नयाँ बसपार्क बनाउने नाममा कमिसन खाएर बगानको ७० बिघा जग्गा स्थानान्तरणका लागि निर्णय गरेको बताए ।

दमकमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने कमिसन आएको भए आफू सरकारसँग तर्सिसकेको हुनुपर्ने बताए । आफू भ्रष्ट तत्वहरूविरुद्ध आवाज कम नगर्ने भन्दै ‘यदि मैले कमिसन खान्थेँ भने यस्तो दुष्ट सरकार उसको विरुद्ध बोल्दा एउटा सांसदलाई पक्राउ पुर्जी नभई थुन्छ भने यस्तो सरकारसँग म थरथर हुन्न थिएँ होला? मलाई मुद्दामा डुबाउँछन् कि क्या हो भनेर प्रभु मलाई बचाइदेऊ भन्दै जान्थेँ होला नि !’ ओलीले भने, ‘म यस्ता भ्रष्ट तत्वविरुद्ध आवाज कम पनि गर्दिनँ। यस्ताहरूका अगाडि घुँडा टेक्न आवश्यक छैन। पञ्चायत तानाशाहसँग घुँडा टेकिएन, राजासँग हिजो टेकिएन। तिनीहरूलाई लडाइयो। भारतका पाँचतारे होटेलमा बसेर ज्वाइँ पालिएझैँ पालिएर यता मान्छे मराएर क्रान्तिका गफ दिएको होइन। हामी त लडेर जेल परेर आएका हौँ।’

Views: