d

शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौ महानगरले कारवाही गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज बुधवार निकाल्नुभएको सूचनामा विद्यालय बन्द गरेमा कारबाही गर्ने उल्लेख छ । आफ्ना माग पूरा गर्ने नाममा शिक्षकहरूका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु उपयुक्त नहुने महानगरको भनाइ छ ।

सूचनामा महानगरपालिका मातहतका विद्यालय भोलि बिहीवार सबै खुला गर्न भनिएको छ । महानगरले यसअघि पनि विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारीले बन्द हडताल गरेमा सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको थियो ।

Views: