d

गौरादह १ मा विपन्न स्वास्थ्य बिमा कार्यक्रम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको गौरादह नगरपालिका वडा नम्बर १ ले विपन्न परिवारलाई स्वास्थ्य बिमा गरेको छ । वडा कार्यालयको ८० प्रतिशत लागत र बिमितको २० प्रतिशत साझेदारीमा बिमा कार्यक्रम शुरु गरिएको वडा अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

No description available.


उनका अनुसार वडा भरिका बिपन्न, असहाय र दिर्घ रोगी ५० परिवारको बिमा गरिने छ । वडा कार्यालयको २ हजार ८ सय र बिमितको ७ सय रुपैयाँको साझेदारीमा बिमा गरिएको हो । वडा कार्यालयले विपन्न परिवारलाई मिटर जडान गर्न समेत सहयोग गर्दै आएको छ । यसै वडामा विपन्न परिवारका लागि यस अघि आवास पनि निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

No description available.

Views: