d

देशमा वातावरण भएन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सारा नेपालीलाई थाहा छ,
सुनेका छन,
धनबहादुर, मनमाया, दिलबहादुर, हर्कबहादुर,
पुतली, माया, मानबहादुर, ज्ञानबहादुर,
बुद्धिमान,  विवेक, चेतनाथ,
आदि इत्यादि
जति नाम छन
ती नाम सँग आफ्नो पहिलो नामको अर्थ छैन।
उसको नाम अर्जुन दाहाल
उसले आफूलाई हेर्यो
अनि देख्यो त्यहि
उसको आँखा कमजोर छ,
चस्मा लगाउनु पर्दछ
अनि कसरी अर्जुन दृष्टि हुन सकोस त।
उसले न्वरान गर्ने र नाम दिनेलाई हेरेन
र बोल्यो,
"बहुमतले भनेको छ,
देशमा वातावरण छैन"
उसले झ्याली पिट्यो
नामाकरण गर्नेको लागि
सम्पूर्ण नेपालीको लागि
"देशमा बातावरण भएन।"

लेखक: अर्जुन दाहाल
arjundahalard.thereason@gmail.com

Views: