d

कृषि पेशा संकटमा पर्दै गएको छ - केपी ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

May be an image of text

 

जेबि खड्का 
गौरादह/ नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले कृषि पेशामा आधुनिकिकरण नभई पुरानै निर्वाह मुखि खेती प्रणालीका कारण मुलुककाे आर्थिक स्राेत खच्किएकाे बताएका छन। गौरादह कृषि क्याम्पसकाे नवनिर्मित पुस्तकालय र प्रयाेगसाला भवन उद्घाटन गर्न गौरादह आएका अध्यक्ष ओेलीले खेतीयाेग्य उर्भर नेपाली भुमिलाई पुर्ण रुपमा सदुपयोग गर्न सकेमा नेपाली जनताकाे आयस्तर बढाउन सकिने बताएका छन।

May be an image of text

नेपाल कृषि प्रधान देश भनिएता पनि बर्सेनि तरकारी तथा अन्य खाद्य सामाग्री अन्य देशबाट आयत गरिदा नेपाली पैसा बिदेशिएकाे उनकाे भनाइ थियाे। परनिर्भरता बाट जाेगिदै आत्मा निर्भर बन्न नेपाली उर्भर भुमिलाई सदुपयाेग गर्न जरुरी रहेकाे धारणा राखेका थिए।कृषि क्याम्पसले उत्पादन गरेका दक्ष जनशक्तिहरुले किसान सँग समन्वय गरेर उत्पादन बढाउन सहयोग गर्नु पर्ने बताएका थिए। सम्पुर्ण प्राणीहरुका लागि खाना अनिवार्य रहेकाले जुनसुकै पेशामा आश्रित रहेपनि अनिवार्य आवश्यकता पूरा गर्ने पेशा कृषि रहेका रहेकाे हुनाले किसान जहिलेपनि अग्रपंक्तिमा रहने बताएका छन।कृषि बिषय अध्यान गर्ने बिद्यार्थीलाई सैद्धान्तिक भन्दा ब्यबहारिक ज्ञान बढी आवश्यक रहेकाले कृषि पढ्ने बिद्यार्थी र किसानका बिचमा तालमेलकाे आवश्यकता रहेकाे बताएका थिए।गौरादह तथा आसपासका क्षेत्रकाे भुमिलाई अध्यान गरि यस क्षेत्रमा फस्टाउन सक्ने बाली लगाई किसानकाे आम्दानीको स्राेत बढाउन सहयाेग पुग्ने गरि कृषिका बिद्यार्थीले सहयोग गर्नुपर्ने धारणा राखेका  थिए।पुरानाे निर्वाह मुखि कृषि प्रणाली हाल सम्म पनि चलिरहदा खेतामा विभिन्न किसिमका दुख कष्ट झेल्नुपर्दा कृषि पेशा संकटमा परेकाे बताएका थिए।जीवन उपयाेगी शिक्षा आजकाे आवश्यकता रहेकाले कृषि क्याम्पसबाट उत्पादित बिद्यार्थीहरुबाट दक्ष जनशक्ति उत्पादन हुने बिस्वाश रहकाे धारणा राखेका थिए। कार्यक्रममा काेशी प्रदेशका पुर्ब मुख्य मन्त्री हिक्मत कुमार कार्कीले गौरादहमा कृषि क्याम्पस संचालन भइसकेको र अब चाडै भेट्नेरी मेडिकल कलेज संचालन अनुमतिका लागि प्रक्रिया अगाडि बढाउने धारणा राखेका थिए। गौरादह नगरपालिकाका पुर्ब मेयर राेहित कुमार शाहले यस क्षेत्रकाे बिकासका लागि गौरादहमा ईन्जिनियरिङ क्याम्पस र टिचिङ अस्पतालकाे आवश्यकता रहेकाे धारणा राखेका थिए।कार्यक्रममा त्रिभुवन विश्व बिद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटा, दमक नगरपालिकाका मेयर राम थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए। गौरादह कृषि क्याम्पसमा मुलुक भरका २ सय ३६ जना बिद्यार्थी अध्यानरत छन। कृषि बिषय अध्यानका लागि ३ तले १४ काेठाकाे भवन निर्माण भएकाे छ।विश्व बिद्यालयकाे अनुदान सहयाेगबाट बिनियाेजित ६ कराेड ४४ लाखबाट भवनकाे निर्माण कार्य सम्पन्न भएकाे कृषि क्याम्पस प्रमुख सुबाेध खनालले जानकारी गराए। कृषि र पशु बिज्ञान अध्यन संसथानका डिन भार्गव धितालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले स्वागत मन्तब्य राखेका थिए।

Views: