d

कविता: 'म लेख्छु' PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

वी पी का नाम भज्दै
बिष वृक्षमा फल खोज्नेहरु
कम्युनिष्टबाट बिचलित मनुवा!
अब तिम्रा समर्थनमा के लेखौ?
लेखौ त यी अक्षर क्षर होलान्
नलेखौ त
हिजो तिम्रा जयजयकार लेखेको यी नै अक्षर हुन

✨✨✨✨✨✨✨✨✨✨✨✨✨
साम्यवाद र बिस्तारवादलाई
पटाक्षेपको नाटक मञ्चन गर्दा
मेरो उर्जाशिल कमल चलेकै हो
कि लेखौ भन्छु!
जिन्दवाद मूर्दावादले
अाकाशको छितिज सम्म
मडारिएको कालो बादल भित्र
रङ्गिन मुर्कुटाहरुका तिम्रा विम्ब देख्छु
अनि देख्छु
चण्ड, मुण्ड ,प्रचण्ड र
काण्डैकाण्डका मुसलहरु
अामाको वस्त्र च्यात्तै
लुटिएका भूइमान्छेहरु
चिता भित्र चिच्याएको
देख्छु म 

✨✨✨✨✨✨✨✨✨✨✨
लोकतन्त्रको खोक्रो अावरण भित्र
तिमीहरु कुर्लेको
हनुकानगिरी र लुटेराहरुको संरक्षक बनेको
अब समयको चेतनाले
मलाई ब्युझ्याइदियो
तिम्रा काला कर्तुत र पटाक्षेप गर्न
राष्ट्र बचाउन
राष्ट्र रह्यो हामी रहुला
त्यसैले म लेख्छु।

Views: