d

मन्त्री किराँतीको राजीनामा माग्दै झिलझिलेमा प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मन्त्री किराँतीको राजीनामा माग्दै झिलझिलेमा प्रदर्शन WWW.PARDAPHAS.COM

शिव सताक्षीमा राप्रपाले मसाल जुलुस निकालेको छ । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै राप्रपा नगर समितिको आयोजनामा बिरोध स्वरुप राँके जुलुस निकालिएको बताइएको हो । झिलझिले देखि दुधे सम्म साँझ ६ बजे आयोजित कार्यक्रम बारे जानकारी दिदै क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य रुद्रमणी भट्टराईले दुधेबाट सुरु गरिएको बिरोध र्‍यालीका क्रममा झिलझिले पेट्रोलपम्प नजिकैबाट मन्त्री किराँतीको पुत्ला दहन गर्दै राँके जुलुस निकालिएको बताए । हातमा प्लेकार्ड लिएर विरोध जुलुसमा निस्किएका प्रदर्शनकारीहरुले बोकेको राँको ईलाका प्रहरी कार्यालय झिलझिले आइपुग्ने वित्तिकै प्रहरीले हस्तक्षेप गरि आगो निभाएको थियो । 

 "ओमकार परिवार सहित ९० प्रतिशत भन्दा बढी नेपालीको आस्था र भावना विपरीत अभिव्यक्ती दिने बहालवाला मन्त्री सुदन किराँतीले कुनैपनि हालतमा सत्तामा बस्न मिल्दैन, संस्कृति तथा पर्यटन मन्त्रालय जस्तो गरिमामय मन्त्रालयमा बसेर धर्म संस्कृति विरुद्ध दिएको अभिव्यक्ति  कुनै पनि हालतमा मान्न सकिदैन ।", भट्टराईले जानकारी गराए । 

बिरोध जुलुस पछि आयोजित कोणसभामा राप्रपा नगर अध्यक्ष मणि प्रसाद खड्का, क्षेत्रीय सदस्य रुद्रमणि भट्टराई, विद्यार्थी नेता चक्र फुयाल, युवक संगठन अध्यक्ष मातृका राजवंशी लगायतले मन्तव्य राखेका थिए । 

Views: