d

मृत्युलाई जितेका भुवन खड्काले ल्याउने भए ३० वर्षे उमेरमा 'दुलही'....

Views:


दुलही बोलको एक गितमा म्युजिक भिडियो बन्ने भएको छ। कम्पोज बलराम समालको रहेको उक्त गितमा स्वर नन्दु गुरुङले  भरेका छन्।
नन्दुले स्वर भरेको उक्त गितमा भुवन खड्कालाई अन्य म्युजिक भिडियो, सिरियल र फिल्म भन्दा फरक कथा वस्तुमा उतारिएको छ ,रश्मि उप्रेति ,राजन निरौला ,विपि भट्टराई लगायतका कलाकारहरु भिडियोमा देख्न सकिन्छ ।
उक्त गितलाई निर्देशन अशोक लाखे ले गरेका छन् भने छायांकन देव सिग्देल, शृङगार सोम मग्राति +सुमन मग्राति ले गरेका छन्।
नेपाली गित सँगितकी घरोहर हाल अमेरिका निवासी अम्बिका गुरुङ यस म्युजिक भिडियोको निर्माण गरेकीछिन्  भने सोही गितको सम्पादनको काम मुहा क्रिएटिभ्स् स्टुडियोबाट मुहासिँह थापा मगरले गर्ने भएका छन् ।
झापा मोरङ लगायत पुर्वका विभिन्न  स्थानमा छायाङ्कन रहेको उक्त गितमा ड्रोन नगेन धिमालले चलाएका छन्, लाईट र ट्रलिमा जीवन थापामगरको टिमले काम गरेको छ।
केही दिनमा सार्वजनिक हुने म्युजिक भिडियो अन्तरजातिय कथा वस्तुमा आधारित रहेर निर्माण गरिएको हुँदा सम्पूर्ण दर्शकको मन जित्न सक्ने निर्देशक अशोक लाखेको विश्वास रहेको पाइन्छ । 

Views: