d

एन आइ सी एसिया लघुवित्त गौरादह केन्द्रमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 
झापा: एन आइ सी एसिया लघुवित्त वित्तीय संस्थाले गौरादहमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको गौरादह ७ स्थित सेवा केन्द्रका समूह सदस्य लक्षित एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । 

गौरादह वडा नम्बर ७ को सभाहलमा आज शुक्रबार आयोजना गरिएको  कार्यक्रममा संस्था आवद्ध करिब १५० जना समुह सदस्यको सहभागीता रहेको थियो । 

 वडाध्यक्ष प्रतिनिधि नारायण बिमलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका कोशी प्रदेश उप प्रमुख टेकेन्द्र प्रसाद चौधरीले सहजीकरण गरेका थिए ।   

प्रशिक्षण कार्यक्रममा संस्थाका प्रदेश अधिकृत बिक्रम चौधरी, ग्वाल्डुब्बा  शाखा प्रमुख यमुना लौडारी, अस्थाई प्रहरी प्रमुख कृष्णा प्रसाद दुलाल, स्थानीय व्यवसायी सिताराम अधिकारी लगायत को उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन  दिपक श्रेष्ठले गरेका थिए । 

Views: