d

प्रगति मा. वि. पुर्व विद्यार्थी एकता समाजले गर्‍यो यस्तो निर्णय....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापाको गौरादह ८ मा रहेको प्रगती मा. वि. भुतपुर्व विद्यार्थी समाजले आज सरस्वती पुजाको दिन विद्यालयमा भर्ना हुन चाहने  वालवालिका लक्षित कार्यक्रम तय गरेको छ । समाजको कार्यसम्पादन समितिको निर्णय अनुसार श्रीपञ्चमीको दिन देखि भर्ना हुने ५ विपन्न विद्यार्थीको सम्पूर्ण शैक्षिक खर्च बेहोरिदिने बताइएको हो ।                     
भुतपुर्व विद्यार्थी एकता समाजले   'शैक्षिक क्षेत्रमा बिपन्नसँग सहभागी' भन्ने  निती अन्तर्गत यो वर्ष बिपन्न परिवारका ५ जना विद्यार्थी र २ देखि  १२ कक्षा सम्मका २ जना विद्यार्थी गरी जम्मा  ७ जना  विद्यार्थीको  सम्पूर्ण खर्च ,ड्रेस, जुत्तामोजा र स्टेसनरीको व्यवस्था गरिने बताइएको छ । 

 पुर्व विद्यार्थी समाजले बेहोर्ने गरी ७ जना  बच्चा पढाउने र  यो कार्यलाई निरन्तरता दिँदै प्रत्येक बर्ष ५ जना  विद्यार्थी थप गर्दै जाने तथा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रम वर्षैभरी सञ्चालन गरिने उक्त समाजका अध्यक्ष तथा समाजसेवी लक्ष्मीप्रसाद संग्रौलाले बताए ।  

संग्रौलाका अनुसार अनुसार आज श्रीपञ्चमीको पवित्र दिन पारेर उक्त कार्यक्रमको औपचारिक घोषणा गरिने छ ।   

गत साता आयोजित एक बनभोज कार्यक्रम मार्फत संस्थाको औपचारिक रूपमा स्थापना गरिएको थियो । 

समाजको प्रधान कार्यालय गौरादह ७ स्थित ग्वालडुब्बा चोकमा रहने बताइएको छ । 


यस्तो छ भुतपुर्व विद्यार्थी समाजको तदर्थ समिति  

प्रमुख संरक्षक:  बिष्णु बहादुर बुढाथोकी   (पुर्व प्रधानाध्यापक)                       
 अध्यक्ष:  लक्ष्मी प्रसाद संग्रौला                             उपाध्यक्ष : भक्तबहादुर भण्डारी                           सचिब: धुर्ब कटुवाल                                           कोषाध्यक्ष: शंकर अधिकारी                                          

Views: