d

गौरादह जेसीजको आयोजनामा एलओएम तालिम सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गाैरादह जेसीजको आयोजनामा  LOM officer training शाखा पदाधिकारी तालिम कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२४ का  कार्यसमिति पदाधिकारी तथा संयाेजकहरुकाे काम, कर्तव्य र अधिकारकाे जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जेसी दुर्लभ कार्कीले बताउनु भयाे । 
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जे.वि. कार्की, गाैरादह उद्योग वाणिज्य संघका अध्यक्षले जेसीजले समाजमा सकारात्मक याेगदान गरेकाे र समकालीन समाज नकारात्मकता हावि हुँदै गैरहेका तर्फ इकिंत गर्दै जेसीज थप जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने बताउनुभयाे । 
त्यसैगरी अर्का वक्ता वर्ष २०२४ का अध्यक्ष सल्लाहकार जेसी क्रान्तिदिप काफ्लेले जेसीज कर्मीमा नवीन जाेश, जागर, उत्साह र सीप भर्न तालिम अपरिहार्य भएको बताउनु भयाे। 
कार्यक्रममा बोल्दै नि. अध्यक्ष जेसी प्रकाश भट्टराईले याे तालिमको आवश्यकता हरेक संघसंस्थामा रहेकाे बताउनु भयाे । 
कार्यक्रममा पूर्व अध्यक्ष जेसी एकराज घिमिरेकाे समेत सहभागिता रहेको थियो ।  तालिमकाे सहजिकरण जेसी वसन्त घिमिरे (MTOT) ले गर्नु भएको थियाे ।
महासचिव जेसी ध्रुवचन्द्र अधिकारीले कार्यक्रम संचालन गर्नु भएको  थियाे ।

Views: