d

दशमी पार्टी प्यालेसमा व्यङ्ग्य कविहरुको जमघट WWW.PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह जेसीजको दशक स्मारिका 'अङ्कुरण' विमोचन 

गौरादह/गौरादह जेसीजद्वारा एक दशक भित्रका गतिविधिहरु समेटिएको स्मारिका 'अङ्कुरण' विमोचन तथा जेसीज साँझ कार्यक्रम सम्पन्न गरिएको छ । गौरादह ३ धोविनिया स्थित दशमी पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रम बिच स्मारिका विमोचन गर्दै तेस्रो जेसीज साँझ सम्पन्न गरिएको हो । 
अङ्कुरणको विमोचन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर रविन पोख्रेल र गौरादह नगर प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि छत्रपति सुवेदीले संयुक्तरूपमा गरे ।  

कार्यक्रममा व्यंग्य कवि भरत बर्बरिक, प्रकाश रोदन, रिता पोख्रेल, खगेन्द्र न्यौपाने र मनिसा कठेत लगायतले गजल तथा कविताहरु प्रस्तुत गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले युवा सशक्तीकरणमा जोड दिदैँ युवाहरूमा एकताको आवश्यकता औँल्याए । 

नगर प्रमुख छत्रपति सुवेदीले विभिन्न बहाना र कारणले युवाहरू बिदेशिदै गर्दा युवाहरूले नै नेतृत्व गरेको जेसीज भने सदैव अग्रस्थानमा रहने गरेको भन्दै प्रसंसा गरे ।  लागूऔषध दुर्व्यशनको विरुद्ध जेसीजले अगुवाइ गर्न आग्रह गर्दै राम्रा र उदाहरणीय कार्यहरूको नगरपालिकाले सदैव उचित सम्बोधन गर्ने बताए । 

'अङ्कुरण' स्मारिकाको समिक्षा गर्दै पुस्तक प्रकाशन समितिका सल्लाहकार संयोजक बद्री कार्कीले गौरादह जेसीजको पछिल्लो दश वर्षको छोटो समिक्षा गरेका थिए ।  दश वर्षे यात्रा गौरवयोग्य रहेको उनको भनाइ थियोे  । 

पुर्व जनप्रतिनिधि तथा व्यवसायी सिताराम भट्टराई, वर्ष २०२२ अध्यक्ष प्रकाश भट्टराई, वर्ष २२ अध्यक्ष ताराकुमार श्रेष्ठ, गौरादह बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख भोजराज दाहाल लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए भने पुर्व अध्यक्षहरु एकराज कोइराला र बिनिता अधिकारी लगायतको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, बुद्धिजीवी, पेशा व्यवसायी, शिक्षक, राजनीतिज्ञ, जेसीजका विभिन्न शाखा प्रतिनिधिहरु, बिद्यार्थी लगायतको उल्लेख्य संख्यामा उपस्थिति देखिन्थ्यो । 

गौरादह जेसीज अध्यक्ष खड्ग थापाको सभापतित्व, जेसी सौरभ भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको पहिलो सत्रको सञ्चालन महासचिव ध्रुव अधिकारी र जेसीज साँझको सञ्चालन साहित्यकार तथा शिक्षक दिपक सुवेदीले गरेका थिए । 

Views: