d

प्रधानमन्त्रीले पाए विश्वासको मत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।  प्रधानमन्त्री भएको १५ महिना नपुग्दै उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् ।

 संसदमा कुल उपस्थित सदस्य  सङ्ख्यामध्ये १५७ जनाले पक्षमा मतदान गरे ।  तत्काल उपस्थित सङ्ख्या २६८ मध्ये उनले  ५८.५८ प्रतिशत मत पाएका हुन् । 

२०७९ पुस १० गते एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले यस अघि २ पटक विश्वासको मत प्राप्त गरिसकेका छन् । 

प्रधानमन्त्री दाहाललाई माओवादीसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र दुई सांसदले समेत मत दिएका थिए ।

प्रमुख विपक्षी दल कांग्रेस, लोसपा, जपा, नेमकिपाले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय जनमोर्चाले मत प्रक्रियामा भाग लिएनन् । 

Views: