d

लामिछानेको राजिनामा माग्दै कांग्रेसले ततायो संसद

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौं : सत्ताधारीबाट प्रतिपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले सदन तताउन सुरु गरेको छ। सत्ता गठबन्धनबाट बाहिरिएको  झोंकमा  रहेको कांग्रेसले हिजो शुक्रबार संसद अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

संसदमा कांग्रेसको एकसूत्रीय माग उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग रहेको छ।  यसै बिषयलाई लिएर  कांग्रेसले शुक्रबार प्रतिनिधिसभा बैठक चल्न दिएन । सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री बनाएको जिकिर गर्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले नै जवाफ दिनुपर्ने अडान राखेको छ। 
प्रतिनिधिसभाको शुक्रबार निर्धारित समयमा बसेको बैठकमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री दाहालले जवाफ नदिएसम्म सदन अघि बढ्न नसक्ने अडान राखेका थिए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको घेरामा तानिएका गृहमन्त्री लामिछानेको बारेमा जवाफ दिनुपर्ने माग राखे। 

Views: