d

कविता - शब्दहरुको सागर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शब्दको  फैलावट , अनन्त सागर
शब्दले गर्छ अभिव्यक्ति उजागर 
शब्दले हाम्रो , गर्ने छ आदर
शब्दले नै गर्छ , प्राय निरादर
शब्दहरुको नै छ  यहाँ हलचल 
शब्दहरु फैलिएर भयो खलबल l 

शब्दले बढ़छ , मनको  वेग
शब्दले पाइने छ , मनको स्वेग
शब्दको सुन्दर,  आदान प्रदान ।
शब्दले बढ़छ , मनुष्यको ज्ञान,
शब्दले हुने छ , मनको ध्यान 
शब्दले हुने छ , आध्यात्मिक पूजा, 
शब्दको बराबर, हुँदैन कही दूजा l
           
शब्दको , यो सारा ब्रम्हान्डमा , 
हुँदैन कही कुनै , अभाव ।
जोड़ -जोड़ गरि लेखेमा , 
बन्ने  छ , मनको भाव 
कोही लेख्छन , प्रेम - भाव , 
कोही दिन्छन ,  मनको घाव ।
               
शब्द विचार, शब्द व्यवहार,
शब्द एक अभिव्यक्ति ।
शब्दको उच्चारण बन्ने छ शक्ति 
प्रभुको ,  सुंदर भाव भक्ति ।
शब्दले हुने छ ,  भविष्यवाणी, 
शब्द गुरूका, पवित्र गुरुबाणी ।
          --देवेन्द्र किशोर ढुङ्गाना
                   भद्रपुर, झापा

Views: