d

कला संस्कृति संरक्षण र खेलकूदको विकासमा कमल ५ को यस्तो प्रयास......

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कमल गाउँ पालिका वडा नम्बर ५  वडा कार्यालयले युवा तथा बालबालिकाहरुलाई लक्षित गरि खेलकुदका समाग्री प्रदान गरेको छ ।
वडा कार्यालयको वार्षीक युवा लक्षित कार्यक्रम अन्तर्गत आज विहिबार युवालाई खेलकुदका सामाग्री प्रदान गरिएको हो ।
वडाको सिलिङ्ग बजेटबाटफूटवल,भलिवल, व्याडमिन्टन, क्रिकेट ,स्किपीङ लगायतका खेलका सहयोगी सामाग्रीहरु साथै युवा तथा विभिन्न बाल क्लवहरुलाई फूटवल,भलिवल, व्याडमिन्टन, क्रिकेट ,स्किपीङ लगायतका खेलका सहयोगी सामाग्रीहरु प्रदान गरिएको प्रदान गरिएको बताइएको छ।  

यसैगरि वडाले धिमाल जातिको कला,संस्कृति संरक्षण र सम्बद्र्धनमा टेवा पुरयाँउन उद्देश्यले धिमाल जातिय संस्थालाई दुई थान ढोल, दुई थान सारंगी बाजा समेत वितरण गरिएको छ वितरण गरिएका समान वडाको बार्षिक सिलिङ वजेटबाट वितरण गरिएको र वितरण गरिएका सामाग्रीहरु करिव २ लाख ५० हजार मूल्य बराबरको रहेको वडा अध्यक्ष लालबहादुर विष्टले बताउनु भयो ।

खेलकुद तथा परम्परागत किसिमका ती सरसामाग्रीहरु वितरण गदैं वडाअध्यक्ष विष्टले युवा तथा बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि यस्ता सामाग्रीहरु उपयोगी हुने र यसलाई निरन्तरता दिदै लैजाने विश्वास बताउनुभयो ।

शनिवार सम्पन्न खेलकुद तथा सांस्कृतिक समाग्री वितरण कार्यक्रममा ,वडा सदस्यहरु चन्द्रकला सुब्बा, ओम प्रधान ,चुरुहाङ लावती, भूमिका महरा , वडा सचिव अमृत साह लगायतको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा आफ्ना संक्षिप्त मन्तव्य राख्दै वडाध्यक्ष एल बि बिष्टले स्थानिय कला संस्कृति र खेलकुदको विकासमा आफुहरु इमान्दारिता पुर्वक लाग्दै आएको बताउनु भयो।  'हामीहरु वडाको समग्र विकासको लागि समर्पित भावले लागेका छौं, सकारात्मक सल्लाह र सुझावको लागि वडावासी सँग हाम्रो सदैव अपेक्षा रहनेछ।', विष्टले भन्नुभयो।  

 

Views: