श्रावण १६ २०८२, शुक्रबार

युवा संघ अध्यक्षमा  पुरीले र  थेबेबीच प्रतिस्पर्धा हुने

Ads

 


१० जेठ, पोखरा । पोखरामा जारी युवा संघको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आइतबार बिहान ७ बजेसम्मका लागि स्थगित भएको छ ।

Ads

महाधिवेशन अन्तर्गत आजका लागि मनोनयनको कार्यतालिका थियो । तर, महाधिवेशनस्थलमा भएको नाराबाजीबीच सर्वतसम्मतको प्रयास असफल भएपछि आइतबार बिहान ७ बजेमात्रै मनोनयको लागि समय तोकिएको हो ।


युवा संघको नयाँ नेतृत्वका लागि क्षितिज थेबे र सुमन पुरीबीच टक्कर छ । थेबे वर्तमान कार्यसमितका अध्यक्ष हुन् भने पुरी महासचिव हुन् ।

Ads

क्षितिजका नाममा सर्वसम्मतका लागि दबाब सिर्जना भएको थियो । तर, पुरी पछि हटेका छैनन् । अन्य अध्यक्षका आकांक्षी भने पछि हटेका छन् । माहाराज गुरूङ क्षितिज समूहबाट वरिष्ठ उपाध्यक्ष र अर्का आकांक्षी प्रकाश गौतम पुरी समूहको वरिष्ठ उपाध्यक्षमा रहनेगरी नेताहरूबीच छलफल अघि बढाइएको छ । अर्का आकांक्षी कृष्णहरि केसी पनि पछि हटेका छन् ।


क्षितिज र सुमनलाई राखेर युवा संघ इन्चार्जसमेत रहेका पूर्वअध्यक्ष राजीव पहारीलगायतले प्रयास गरेका थिए । तर, उक्त प्रयास असफल भएको छ ।

क्षितिजको नाममा सर्वसम्मत गर्न दबाब दिएपछि सुमन समूहले पनि निर्वाचनको माग गरेको हो । सुमनले प्रतिनिधिलाई आफ्नो नेतृत्व छान्ने अधिकार हनन् नगर्न माग गरेका हुन् ।

सहमति नजुटेसँगै क्षितिज र सुमनबीच मतदानमा जाने निश्चितजस्तै भएको छ । मतदान गराउन ४५ वटा मेसिन पनि पोखरा सभागृहमा ल्याइसकिएको छ । अब क्षितिज र सुमन समूहको प्यानलै मतदानमा जाने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

शुक्रबारदेखि संघको संस्थापक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएको महाधिवेशन लम्बिने देखिएको छ । महाधिवेशनमा १ हजार ७५०प्रतिनिधि छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार