फाल्गुण २० २०८२, बुधवार

गोल्डेन सनराइज मा वि गौरादहमा नयाँ विद्यार्थी ह्वात्तै बढे

Ads

गोल्डेन सनराइज मा वि गौरादहले नयाँ आएका बिद्यार्थीहरुलाई एक भव्य कार्यक्रम आयोजना गरि स्वागत गरेको छ।  बिद्यालय परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बिद्यालय प्रधानाध्यापक राजकुमार कार्कीले अघिल्ला वर्षको अनुपातमा यो पटक विद्यार्थी संख्या करिब ३५  प्रतिशतले बढेको जानकारी गराएका  हुन्। 

नयाँ आउने बिद्यार्थीहरुलाई मनोरन्जनात्मक सांगीतिक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ।  बिद्यालयमा जुनियर रेडक्रस सर्कल, बाल क्लब, इको क्लबमा आवद्द भई बिद्यार्थीहरु अतिरक्त क्रियाकलापमा सहभागी हुने गरेका छन्।  वर्षै भरि अनुभवी प्रशिक्षक सहितका    कराँते, भलिवल,   फुटबल, लगायतका खेलहरुलाई प्राथमिकताका साथ सन्चालनमा ल्याइएका कारण पनि गोल्डेन सनराइज मा वि बिद्यार्थीको आकर्षणको केन्द्र बन्न लागेको, हरेक दिन बिहान मर्निङ्ग एससेम्ली प्रोग्राम र अन्तिम पिरियडमा हाजिरी जवाफ, वक्रित्त्वकला, निबन्ध लेखन लगायतका विधामा विद्यार्थीहरुले नियमित कक्षा लिन पाएका छन् भने यसै वर्ष देखि दक्ष्य प्रशिक्षकको व्यवस्था गरि रोबोर्टिक्स क्लास समेत सन्चालनमा ल्याएको छ।   

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार