राप्रपा सांसद दिपक सिंह पक्राउ
काठमाडौँ । राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आइतबार साँझ उनी पक्राउ परेका हुन्। दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका उनी पक्राउ परेको बताइएको छ।
राजावादी समूहले बिहिबारदेखि काठमाडौँ प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा उनीहरूले नारायणचौर क्षेत्रमा आइतबार प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया