वैशाख १८ २०८३, शुक्रबार

मैले जलमार्गको कुरा गर्न थालेपछि पानीजहाज नछिर्ने होचा होचा पुल बनाइन थाले - ओली

Ads

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जलमार्गको कुरा गर्न थालेपछि पानीजहाज नछिर्ने होचा होचा पुल बन्न थालेको सुनेको बताएका छन्। बुधवार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

Ads

‘कुन साथीले भन्दै हुनुहुन्थ्यो जलमार्गको कुरा। इनल्यान्ड वाटरवेज हाम्रा लागि एकदमै सस्तो कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर त्यो हामीले भन्न थालेपछि डाउनस्ट्रिममा एकदम होचा होचा, त्यस्तो स्टिमर पनि नछिर्ने, जहाज पनि नछिर्ने खालका पुलहरू बने भनेको सुनेर हो होइन भन्ने लागिराख्या छ।’ 

तर पनि पानीको बाटो नेपालले प्रयोग गर्नुपर्ने र छिमेकीसँग कुरा गर्नुपर्ने उनले बताए।  आफूले पानी जहाजकै कुरा गरेपछि कोसी र नारायणीमा स्टिमर चल्न थालेको पनि उनले दाबी गरे। त्यो देख्दा आफूलाई कागजका जहाज बनाउने बाल्टीमा तैराउनेहरू हेरेको हे¥यै भएको पनि प्रधानमन्त्री ओलीले बताए। 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार