श्रावण १५ २०८२, बिहिबार

राजावादीहरूको बैठकमा होहल्ला भएपछि आन्दोलनका कार्यक्रम स्थगित

राजावादीहरूको बैठकमा होहल्ला भएपछि आन्दोलनका कार्यक्रम तय नगरी स्थगित भएको छ । नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको हो ।
Ads

 

काठमाण्डाै – राजावादीहरूको बैठकमा होहल्ला भएपछि आन्दोलनका कार्यक्रम तय नगरी स्थगित भएको छ । नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको हो ।

Ads

समितिले अहिलेसम्मको आन्दोलन समीक्षा गर्दै आन्दोलनका नयाँ कार्यक्रम ल्याउन बैठक बोलाएको थियो । संयोजक सुवेदीले छिट्टै आन्दोलनका कार्यक्रम ल्याउने बताउँदै बैठक स्थगित गर्नुभयो ।

Ads

सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन शुरू गरेको छ । आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपाललगायतले समर्थन जनाएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बैठकमा नगई संसद् भवन जानुभएको थियो । सहभागीहरूले अहिलेकै संसद् चाहिने भए आन्दोलनको अर्थ नहुने भन्दै होहल्ला गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार