श्रावण १५ २०८२, बिहिबार

आन्दाेलन नराेकेसम्म राप्रपा नेताहरूले सुरक्षाकर्मी फिर्ता पाउँदैनन् : गृहमन्त्री

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी (पीएसओ) राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन्  । सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्रीले यस्तो बताएका हुन्  । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले आफ्ना नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो भन्दै प्रश्न गरेका थिए ।
Ads


  
काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी (पीएसओ) राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन्  ।

Ads

सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्रीले यस्तो बताएका हुन्  । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले आफ्ना नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो भन्दै प्रश्न गरेका थिए ।

 

Ads

बिद्युत प्राधिकरण गौरादहको अनुरोध

 

 मिति २०८२/०२/१९ गते गौरादह -५ चप्रामारी बजारमा रहेको एच.टि. लाइन मर्मत कार्य गराउन ११ के.भि.महारानी फिडर सड-डाउन गर्नुपर्ने हुदा बिहान ०८:०० बजे देखि बेलुका ०५:०० बजेसम्म वडा न. -५ मा नियमित बिद्युत आपुर्ती बन्द रहने सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

g]kfn ljb\o't k|flws/0f, uf}/fbx ljt/0f s]Gb|, emfkf

बिद्युत प्राधिकरण गौरादहको अनुरोध

 

 मिति २०८२/०२/१९ गते गौरादह -५ चप्रामारी बजारमा रहेको एच.टि. लाइन मर्मत कार्य गराउन ११ के.भि.महारानी फिडर सड-डाउन गर्नुपर्ने हुदा बिहान ०८:०० बजे देखि बेलुका ०५:०० बजेसम्म वडा न. -५ मा नियमित बिद्युत आपुर्ती बन्द रहने सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

g]kfn ljb\o't k|flws/0f, uf}/fbx ljt/0f s]Gb|, emfkf

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सरकारले केही दिनअघि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो । प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्नेबित्तिकै पुनः खटाइने बताए  ।

गृहमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, सङ्घीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि देशलाई अन्धकारमा लैजाने बताउनुभयो । संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा कोही पनि नलाग्न उनको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार