श्रावण १४ २०८२, बुधवार

देउनिया खोलामा ६१ लाख लागतको मलामी घर र संस्कार घाट निर्माण तीव्र गतिमा

हल्दीबारी गाउँपालिका–२ अन्तर्गत पर्ने देउनिया खोलाको उत्तर किनारमा करिब ६१ लाख रुपैयाँको लागतमा मलामी घर तथा दाह संस्कार घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। संघीय सरकारबाट विनियोजित बजेट अन्तर्गत निर्माण भइरहेको उक्त संरचनाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीको पहलमा पूर्वाधार मन्त्रालयमार्फत १ करोड रुपैयाँ बजेट स्वीकृत भएको हो।
Ads

झापा, हल्दीबारी — हल्दीबारी गाउँपालिका–२ अन्तर्गत पर्ने देउनिया खोलाको उत्तर किनारमा करिब ६१ लाख रुपैयाँको लागतमा मलामी घर तथा दाह संस्कार घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

संघीय सरकारबाट विनियोजित बजेट अन्तर्गत निर्माण भइरहेको उक्त संरचनाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीको पहलमा पूर्वाधार मन्त्रालयमार्फत १ करोड रुपैयाँ बजेट स्वीकृत भएको हो। सोही बजेटअन्तर्गत टेन्डर प्रक्रियाबाट ६१ लाख ६३ हजार ५९ रुपैयाँमा निर्माणको जिम्मा दिइएको हो।

Ads

पारखोपी पूर्व क्षेत्रमा देउनिया खोलातर्फ निर्माणाधीन यो घाट स्थानीयबासीका लागि धार्मिक, सामाजिक तथा व्यवहारिक हिसाबले अत्यन्तै उपयोगी हुने विश्वास गरिएको छ। यद्यपि, निर्माण कार्यको गुणस्तर, पारदर्शिता र प्रगतिको विषयमा स्थानीय सरोकारवालाहरू अनविज्ञ देखिएका छन्।

स्थानीय सरकार तथा निर्माण कम्पनीले पर्याप्त सार्वजनिक जानकारी नदिएको, अनुगमन प्रक्रिया कमजोर रहेको र जनस्तरमा सहभागीता नहुनु चासोको विषय बनेको छ। स्थानीय अगुवाहरूले यस्तो महत्वपूर्ण सामाजिक संरचनाको निर्माणमा पारदर्शिता र निगरानी आवश्यक रहेको बताएका छन्।

Ads

उनीहरूले निर्माण कार्यको गुणस्तर, बजेटको सदुपयोग तथा समयमै सम्पन्न हुने सुनिश्चितताका लागि सम्बन्धित निकायको नियमित अनुगमन र जनस्तरबाट प्रत्यक्ष निगरानीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार