श्रावण १४ २०८२, बुधवार

हल्दिबारी–बाह्रदशी प्रेस क्लब गठन, नेत्र विक्रम बिमली अध्यक्षमा चयन

झापाका हल्दिबारी र बाह्रदशी गाउँपालिकामा क्रियाशील पत्रकारहरूको संयुक्त भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेको छ। हल्दिबारी प्रेस क्लबको आयोजनामा भेलागढी लोकतान्त्रिक पार्कमा सम्पन्न संयुक्त भेलाले पहिलेको हल्दिबारी प्रेस क्लब विघटन गरी नयाँ संरचना अन्तर्गत दुबै पालिकाका पत्रकारहरूको साझा संगठनको रूपमा क्लब गठन गरिएको हो।
Ads

झापा, हल्दिबारी — झापाका हल्दिबारी र बाह्रदशी गाउँपालिकामा क्रियाशील पत्रकारहरूको संयुक्त भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेको छ।

हल्दिबारी प्रेस क्लबको आयोजनामा भेलागढी लोकतान्त्रिक पार्कमा सम्पन्न संयुक्त भेलाले पहिलेको हल्दिबारी प्रेस क्लब विघटन गरी नयाँ संरचना अन्तर्गत दुबै पालिकाका पत्रकारहरूको साझा संगठनको रूपमा क्लब गठन गरिएको हो।

Ads

क्लबका नव-निर्वाचित महासचिव हैकम घिसिङका अनुसार, नवगठित क्लबको अध्यक्षमा हल्दिबारीका नेत्र विक्रम बिमली चयन भएका छन् भने उपाध्यक्षमा बाह्रदशीका अभिषेक धमला (प्रितम) चयन भएका छन्।

त्यस्तै, महासचिवमा हैकम घिसिङ (हल्दिबारी), सचिवमा मनोज तिवारी ‘दर्पण’ (बाह्रदशी), र कोषाध्यक्षमा शान्ता सिवाकोटी (हल्दिबारी) चयन भएका छन्।

Ads

कार्यसमितिका सदस्यहरूमा जनक राजवंशी, टिकाराम बास्तोला (हल्दिबारी), तथा राजेश आचार्य र असफाक आलम (बाह्रदशी) रहेका छन्।

क्लबले सल्लाहकार समितिमा लेखनाथ सिवाकोटी ‘प्रदेशी’, सुरेन्द्र भण्डारी र याम दंगाललाई चयन गरेको छ भने लेखा समिति सदस्यमा अभिषेक खतिवडा, जनक राउत र हेमन्त मैनाली चयन भएका छन्।

नयाँ क्लबले दुवै पालिकामा सञ्चारकर्मीहरूबीच सहकार्य र समन्वय बढाउँदै पत्रकारिताको मर्यादा र स्वतन्त्रतालाई सुदृढ गर्ने उद्देश्य लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार