वैशाख १८ २०८३, शुक्रबार

काेशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले नागरिक स्तरमा बढ्दै गएकाे निराशालाई बर्तमान सरकारले निरुत्साहित बनाउने बताए

बर्तमान सरकार राष्ट्रिय एजेन्डाका बिषयमा एकता बद्ध भएकाले मुलुकमा सुशासन कायम राख्दै आर्थिक उपार्जनलाई चलायमान बनाउने धारणा राखेका थिए।संबिधन संसाेधन गरि संबिधानमा रहेका जटिलताबाट नागरिकलाई सहज बनाउन सरकारले सकरात्मक साेच बनाएकाे बताएका छन।
Ads

जेबि खड्का गौरादह/काेशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले नागरिक स्तरमा बढ्दै गएकाे निराशालाई बर्तमान सरकारले निरुत्साहित बनाउने बताएका छन। गौरादह -५ जत्रुचौनकाे शान्ति चौकमा राधाकृष्ण मुर्ति अनावरण तथा प्राण प्रतिष्ठा कार्यक्रमलाई सम्बाेबन गर्दै मन्त्री कार्कीले आर्थिक उपार्जनमा कमी हुँदा आर्थिक चलायमान नहुदा नागरिकमा निराशा छाएकाे बताएका छन।

 

Ads

मन्त्री कार्कीले प्रदेश भित्र रहेका धार्मिक संस्था, मठ मन्दिरलाई सहयाेग गर्दै आएकाले यश मन्दिरलाई पनि सहयाेग गर्ने प्रतिबद्धता ब्याक्त गरेका छन।गौरादह -५ काे जत्रुचौनमा २०७० सालमा स्थापना गरिएकाे राधेश्याम कृतन मण्डलीले भजन कृतन गर्दा केही रकम संकलन भएपछि राधाकृष्णकाे मन्दिर बनाउने अवधारणा बनाएका थिए।

२०७५ सालमा कृतन मण्डलीका सदस्यहरुबाट रु १० हजार का दरले आर्थिक संकलन गरेपछि मन्दिर निर्माणकाे प्रक्रिया सुरु गरिएकाे थियाे। मन्दिरकाे भौतिक संरचना निर्माण गरिएपछि कृष्ण जन्माष्टमीकाे अवसर पारेर राधाकृष्णकाे मुर्ति स्थापना गरि साेमबार प्राण प्रतिस्ठा गरिएकाे छ। बैधिक बिधिबाट प्राण प्रतिस्ठा गरिएकाे मुर्तिमा मुख्य मन्त्री कार्की र गौरादह न.पा. का मेयर छत्रपति सुवेदीले  राधाकृष्ण मुर्तिकाे अनावरण गरेका थिए।

Ads

मन्दिर स्थलमा तीन दिन अगाडि देखि बैधिक बिधिबाट प्राण प्रतिष्ठाकाे कार्य गरि कृष्ण जन्माष्टमीका दिन मुर्तिलाई भक्तजनहरुले बाजागाजा सहित स्कुलचौन बजार परिक्रमा गरि पुन मन्दिरमा आएर स्थापना गरिएकाे थियाे। त्यस अवसरमा मन्दिरका जग्गादाता १० जना, मुर्तिदात ३ जनाका साथै मन्दिर भवन निर्माणमा सामग्री सहयाेग गर्ने दाताहरुलाई सम्मान गरिएकाे थियाे। मन्दिर ब्यबस्थापन समिति का अध्यक्ष अमर बहादुर खड्काकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिब देबेन्द्र खतिवडाले मन्दिरको गतिविधिका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी उप मेयर जलवर्षा राजवंशी चौधरी, वडा नं -५ का वडाध्यक्ष जगन्नाथ खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए। मन्दिरका सल्लाहकार संयाेजक ओम बहादुर खड्काले स्वागत मन्तब्य राखकाे कार्यक्रममा सह-सचिब रमेश खड्काले कार्यक्रम संचालन गरेका थिए।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार