श्रावण १५ २०८२, बिहिबार

पृथ्वी पथ' पुस्तक प्रकाशनको अन्तिम तयारीमा पौडेल दम्पति

Ads

'

Ads

पृथ्वी पथ: अर्थ र सन्दर्भ

पुस्तकले ‘पृथ्वी पथ’ वा ‘पृथ्वीवाद’ को अवधारणालाई प्रष्ट्याउँदै नेपालको आधुनिक इतिहासमा शाहवंशीय राजाहरूको योगदानमाथि प्रकाश पार्ने लेखकको दावी छ । विशेषगरी, राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्रको शासनकाल, उनीहरूको योगदान, महत्वाकांक्षा र त्यसको परिणामलाई पुस्तकले गहन रूपमा चिरफार गरेको लेखक रोहित पौडेल बताउनु हुन्छ  । राजा महेन्द्रको शोधकर्ता रोहित प्रसाद पौड्याल र महिला हिंसाविरुद्ध पीएचडी अध्ययनरत लक्ष्मी कुमारी सत्यालले यो पुस्तकमार्फत राष्ट्रिय एकता, सार्वभौमिकता र विकासको सन्दर्भमा ‘पृथ्वी पथ’ को अवधारणालाई उजागर गर्ने प्रयास गरेका छन्।

Ads

पौडेल दम्पतीले पुस्तकको छपाइका लागि देश–विदेशमा रहेका राष्ट्रवादी मनहरूबाट सहयोगको अपिल गरेका छन्। प्रकाशनको तयारीमा आर्थिक सहयोग जुटाउनका लागि क्यूआर कोडमार्फत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। सहयोग गर्ने व्यक्तिहरूको नाम र रकमको सूची पुस्तकमा समावेश गरिने लेखकद्वयले बताएका छन्। पुस्तक यही असार २३, २०८२ मा प्रकाशन गर्ने लक्ष्य राखिएको छ। 

रोहित प्रसाद पौड्याल राजा महेन्द्रको शोधमा विशेषज्ञता राख्ने एम.ए. उत्तीर्ण लेखक हुन्। त्यस्तै, लक्ष्मी कुमारी सत्याल एम.ए., एम.एड., एल.एल.बी. उत्तीर्णका साथै महिला हिंसाविरुद्ध पीएचडी अध्ययनरत विदुषी हुन्। यी दम्पतीले नेपाली इतिहास र सामाजिक मुद्दाहरूमा गहन अध्ययन र लेखन गर्दै आएका छन्।

लेखकद्वयले यो पुस्तकले नेपालको इतिहास, राष्ट्रियता र एकताको सन्देशलाई विश्वसामु पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। ‘पृथ्वी पथ’ पुस्तकलाई प्रकाशनमा ल्याउन सहयोग गर्न चाहने सबैलाई उनीहरूले हार्दिक अनुरोध गरेका छन्।सहयोगका लागि क्यूआर कोड स्क्यान गरी आफ्नो योगदान प्रदान गर्न सकिनेछ। पुस्तकले नेपाली इतिहास र ‘पृथ्वीवाद’ को अवधारणालाई नयाँ पुस्तासमक्ष पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
जेष्ठ २७ २०८२,मंगलबार