श्रावण १४ २०८२, बुधवार

गौरादह १ मा सडक सरसफाइ

Ads

 

गौरादह १ मा रहेको नमुना टोल विकास संस्थाले स्थानीय समुदायको सक्रियतामा एउटा विशेष सरसफाइ अभियान सुरु गरेको छ। वर्षायाम सुरु भएसँगै सडकको छेउछाउमा बढेका झाडी र अव्यवस्थित क्षेत्र सफा गर्ने उद्देश्यले यो स्वतःस्फूर्त अभियान थालिएको हो। स्थानीयवासीहरूका अनुसार यो अभियानले गाउँको सौन्दर्यता जोगाउनुका साथै बर्खाको समयमा हुने पानीको जम्ने समस्यालाई पनि कम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ।अभियानको औपचारिक सुरुवात विहीबार भएको थियो, र आज शनिबार, विदाको दिनलाई विशेष अवसर बनाएर यो कार्यक्रमलाई निरन्तरता दिइएको छ। संस्थाका अध्यक्ष चन्द्र गौतम भन्छन्, 'हामीले यो अभियानलाई दिगो बनाउने लक्ष्य राखेका छौं। काम सम्पन्न नहुञ्जेलसम्म हामी निरन्तर रूपमा अगाडि बढ्छौं।'

Ads

 गौतमले थपे, 'स्थानीयको सहभागिता र उनीहरूको सुझावले यो अभियान अझ प्रभावकारी बन्नेछ।'

आजको सरसफाइ अभियानमा नमुना टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरू, समितिका पूर्व पदाधिकारीहरु तथा सदस्यहरु, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी लगायत र ठूलो संख्यामा टोलबासीहरूको उपस्थिति रहेको थियो।

Ads

वडाध्यक्ष भण्डारीले आफ्नो सहभागितामा जोड दिँदै भने, 'यो अभियानले हाम्रो टोललाई मात्र होइन, समग्र गाउँको स्वास्थ्य र सफाइमा सकारात्मक प्रभाव पार्नेछ।'

स्थानीयहरूले पनि आफ्नो घरआँगन र सडक छेउका झाडी काट्ने, फोहोर व्यवस्थापन गर्ने, र पानीको निकास सहज बनाउने काममा हातेमालो गरेका थिए।

अभियानका क्रममा टोलबासीहरूबीच छलफल हुँदा धेरैले वर्षायाममा झाडीले सडक अवरुद्ध हुने र झाडीमा लुकेर सर्पजस्ता जोखिम बढ्ने समस्या औंल्याए। उनीहरूको भनाइमा, यो अभियानले यस्ता समस्यालाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्‍याउन सक्छ। साथै, केही वृद्धवृद्धाले यो प्रयासले गाउँमा एकता र सामुदायिक भावना बढाएको बताए।

अहिले सम्मको अवस्थामा अभियानले सडकका मुख्य भागहरू सफा गर्न सफल भएको छ, तर अप्ठ्यारा ठाउँमा अझै काम बाँकी रहेको देखिन्छ। स्थानीयहरूको उत्साह र सहभागिताले यो अभियान आगामी दिनमा पनि निरन्तरता पाउने संकेत दिएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार