श्रावण १५ २०८२, बिहिबार

अमरेसले केहि जिल्ला लिजमा दिऔं भनेपछि संसदमा हङ्गामा

Ads

आइतबार, ०८ असार २०८२ मा भएको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले विवादास्पद अभिव्यक्ति दिएपछि हलमा हंगामा मच्चिएको छ। उनले नेपालको केही जिल्लालाई लिजमा अन्य देशलाई दिने प्रस्ताव राख्दै बजेट वितरणमा असन्तुष्टि जनाएका थिए। उनले भने, “नेपाल सरकारलाई सुझाव छ, चार-पाँच जिल्ला नेपालमा राखौं, बाँकी लिजमा दिऊँ—अमेरिका, चीन वा भारतलाई। बजेट नै नपाउने जिल्ला किन राख्ने? काठमाडौँमा १३१ योजना छन्, सर्लाहीमा १५-२० भए पुग्छ। मधेसमा किन मेडिकल कलेज छैन?”यो अभिव्यक्तिप्रति एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाउँदै राष्ट्रघाती भएको आरोप लगाए। सत्तापक्षका सांसदहरूले विरोध गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले सिंहको भनाइ रेकर्डबाट हटाउन निर्देशन दिए। जवाफमा सिंहले सभामुख एमालेको मात्रै भएको र आफू बोल्न नपाउने अवस्था भएको भन्दै आक्रोश व्यक्त गरे। उनले एमालेलाई ‘देशप्रति गद्दार’ समेत भनेपछि स्थिति तनावपूर्ण बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार