इरान र इजरायल बीच पूर्ण युद्धविरामको घोषणा - ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल बीच 'पूर्ण र कुल' युद्धविरामको सम्झौता भएको घोषणा गरेका छन्, जुन आगामी केही घण्टामा लागू हुनेछ। यो घोषणा कतारको अल उदैद एयर बेसमा इरानको मिसाइल आक्रमणपछि भएको हो, जहाँ अमेरिकी सेना तैनाथ छन्।ट्रम्पले सामाजिक सञ्जालमा भने, 'यो १२ दिने युद्ध समाप्त गर्न इजरायल र इरान दुवैलाई बधाई दिन चाहन्छु। यो युद्धले मध्यपूर्वलाई ध्वस्त पार्न सक्थ्यो, तर अब त्यस्तो हुनेछैन।'
इजरायल र इरान दुवैले यो सम्झौताको आधिकारिक पुष्टि गरेका छैनन्। अल जजिराका अनुसार, तेहरानबाट समाचार संकलन गरिरहेका पत्रकारले ट्रम्पको घोषणापछि एक घण्टासम्म पनि सम्झौताको पुष्टि नभएको बताए।
प्रतिक्रिया