असार ३१ २०८२, मंगलबार

कर्णाली विकास बैंक घोटाला प्रकणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ

Ads


  असार १९, २०८२ बिहीबार

बाँके – नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले हिजाे धम्बोझी चोकबाट पक्राउ गरेको छ ।

Ads

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेकाे जनाएको छ।  

‘बैंकको घोटला प्रकरणमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो जनाइएको छ।   २०६६ सालदेखि २०७५ सम्म बैंकको अध्यक्ष रहनुभएका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन्  । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा चुनावमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए।  

Ads


मिश्रसँगै ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

कर्णाली विकास बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो । उज्यालो अनलाइन बाट image Ujyalo online.

प्रतिक्रिया

सम्बन्धित समाचार