श्रावण १४ २०८२, बुधवार

पाल्पाको सिद्धबाबामा पहिरोमा परेर एक जनाको ज्यान गयो

पाल्पाको सिद्धबाबामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।
Ads

पाल्पाको सिद्धबाबामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । पाल्पा बुटवल सडक खण्डअन्तर्गत सिद्धार्थराजमार्गमा पर्ने दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी रामपुर नगरपालिका–६ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको ज्यान गएको र मोटरसाइकलको पछाडी बस्ने उहाँकी श्रीमती कल्पना चापागाईं घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

हिजो बेलुकी सवा ६ बजेतिर लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई ढुङ्गासहितको पहिरोले बगाएको थियो ।

Ads

पहिरोले मोटरसाइकल चालक भण्डारीलाई तिनाउ नदी किनारमा पुर्‍याएको थियो । घाइते चापागाईंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार