सुर्योदय टेलिभिजनमा याम बिमली कर्पोरेट डाइरेक्टर
बिर्तामोड । झापाको बिर्तामोड–४ मा अवस्थित सूर्योदय टेलिभिजनले व्यवस्थापन संरचनामा नयाँ पदाधिकारी नियुक्ति गरेको छ ।
आज एक कार्यक्रमका बिच टेलिभिजनले याम बिमलीलाई कर्पोरेट डाइरेक्टर तथा प्रकाश बाँनियालाई डेक्स रिपोर्टरका रूपमा नियुक्त गरेकोे हो । सूर्योदय टेलिभिजनका प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पदाधिकारीलाई नियुक्त गरिएको जनाउनु भएको छ ।

उहाँले सञ्चार क्षेत्रमा दुवैको अनुभव, क्षमता र प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै टेलिभिजनलाई अझ सबल र प्रभावकारी बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
नव–नियुक्त कर्पोरेट डाइरेक्टर याम बिमलीले आफूलाई दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सूर्योदय टेलिभिजनलाई प्रदेश मात्र नभई राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धी र विश्वसनीय सञ्चार संस्थाका रूपमा स्थापित गर्न लागि पर्ने बताउनुभयो ।


त्यसैगरी डेक्स रिपोर्टरमा नियुक्त प्रकाश बाँनियाले समाचार संकलन र प्रस्तुतीकरणलाई अझ आधुनिक र विश्वसनीय बनाउन योगदान दिने प्रतिबद्धता जनाउनुभएको छ । सूर्योदय टेलिभिजन स्थापना कालदेखि नै समाजका मुद्दा, संस्कृतिको संरक्षण तथा सन्तुलित र निष्पक्ष समाचार प्रस्तुतीकरणमा अग्रसर रहँदै आएको संस्था हो ।

नयाँ नेतृत्व टोलीसँगै टेलिभिजनले संस्थागत क्षमता अझ मजबुत हुने अपेक्षा गरिएको छ । त्यस्तै कार्यक्रममा मेनेजर डिल्ली शिवाकोटी, सरमाचार शाखाबाट चन्दा पौडेल, देव वाँस्कोटा, एमसिआर पर्सन रविकिरण वान्तवा, दृश्य सम्पादक कवि गुरागाइ र क्यामेरा पर्सन दशरथ राजवंशी लगायतको उपस्थिीति रहेको थियो ।
प्रतिक्रिया