स्कुल बस दुर्घटना बढेपछि पोखरामा ट्राफिक अनुगमनमा तिब्रता
मंगलबार दिनभरिमा मात्रै क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कुल बस नियन्त्रणमा लिएको छ । २२३ वटा बसमा चेकजाँच गर्दा १७ वटाले क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटिएको बताइएको छ । पोखरामा पछिल्ला केही दिनमा स्कुल बस दुर्घटना दैनिक जसो भएका छन् । छोरेपाटन पारी स्कुल बस दुर्घटना भएर विद्यार्थीसहित २ जनाको मृत्यु समेत भएको थियो । केही दिनअघि घारीपाटनमा स्कुल बस अनियन्त्रित भएर चालक घाइते भए । विद्यार्थीलाई भने खासै असर परेन ।
प्रतिक्रिया