वैशाख १८ २०८३, शुक्रबार

कास्कीको अन्नपूर्णमा सम्पर्कविहीन भएका स्पेनी पर्यटककाे शव फेला

काठमाण्डाै – कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तीखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कविहीन भएका स्पेनी पर्यटक ३७ वर्षीय एरिक कासानोभासको शव भेटिएको छ ।
Ads

 

भुरौदी खोलाको सुदामेमा हिजो दिउँसो एरिकको शव फेला परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटी चेक पोस्टका इन्चार्ज यामबहादुर गुरुङले जानकारी दिनुभयो । एरिकसँगै सम्पर्कविहीन भएका ३२ वर्षीया मोलास जुन्का मेसीको अवस्था भने थाहा हुन सकेको छैन । उहाँको खोजी भइरहेको छ ।

Ads

एरिक र मोलास म्याग्दीको पर्यटकीयस्थल घोरेपानीसम्म पदयात्राका क्रममा अस्ति आइतवारदेखि हराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार