आवधिक निर्वाचनमा कसैले हस्तक्षेप गर्न सक्दैन : महामन्त्री गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा आवधिक निर्वाचन समयमै हुने र यसलाई कसैले पनि हल्लाउन नसक्ने बताएका छन्।
आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले दक्षिण एशियाका धेरै देशहरूमा आवधिक निर्वाचन तोकिएको समयमा नहुने गरेको उल्लेख गर्दै नेपालमा भने त्यो परम्परा कायम रहेको प्रष्ट पारे।

उनका अनुसार निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न सरकारले ल्याउने विधेयकमा निर्वाचन आयोगले सुझाएका विषय हटाएर आउने सम्भावना भएकाले सबै पक्ष सचेत रहनुपर्ने आवश्यकता छ। उनले आवश्यकताका आधारमा विधेयकमा सुधार र थपघट गर्न सकिने बताए।
थापाले भने, “दक्षिण एशियाका धेरै देशमा समयमा निर्वाचन हुँदैन। हाम्रोमा हुन्छ। यो परम्परालाई कसैले हल्लाउन सक्दैन। हाम्रो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन्छ।”

यस्तै, उनले उम्मेदवार छनोट प्रक्रियामा स्थानीय तहका पार्टी सदस्यले भूमिका खेल्ने व्यवस्था सकारात्मक भएको बताए। साथै, मतदाता शिक्षा नागरिकसम्म पु¥याउन अझै बढी ध्यान दिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया